Logo

२०८२ चैत्र ७ गते शनिवार

२०८२ चैत्र ७ गते शनिवार

अमेरिकाले माघ ७ देखि नेपालसहित ७५ देशका लागि आप्रवासी भिसा रोक्ने

अमेरिकाले माघ ७ देखि नेपालसहित ७५ देशका लागि आप्रवासी भिसा रोक्ने


  • 1.1K
    Shares

    • images
    अमेरिकाले माघ ७ देखि नेपालसहित ७५ देशका लागि आप्रवासी भिसा रोक्ने

    काठमाडौं । अमेरिकाले माघ ७ गतेदेखि नेपालसहित ७५ देशका लागि आप्रवासी भिसा प्रक्रिया रोक्ने निर्णय गरेको छ। फक्स न्युजका अनुसार अमेरिकी विदेश मन्त्रालयको  ज्ञापनपत्रका आधारमा गरिएको हो। 

    यसको उद्देश्य अमेरिका आउने विदेशीको संख्या घटाउनु रहेको छ। अमेरिकाले आप्रवासी भिसा प्रक्रिया रोकिने ७५ मुलुकमा एसियाली महादेशका नेपालसहित २२ देश पनि परेका हुन्। 

    जसमा नेपाल, अफगानिस्तान, आर्मिनिया, अजरबैजान, बंगलादेश, भुटान, बर्मा (म्यानमार), कम्बोडिया, इरान, इराक, जोर्डन, काजाकिस्तान, कुवेत, किर्गिस्तान, लाओस, लेबनान, मंगोलिया, पाकिस्तान, सिरिया, थाइल्यान्ड, उज्बेकिस्तान र यमन रहेका छन्।

    अमेरिकाको विदेश मन्त्रालयले अब अमेरिका आउने र सरकारी सहायता वा कल्याणकारी योजनामा निर्भर भएको आशंका गरिएका व्यक्तिलाई भिसा अस्वीकार गर्न कानुनी शक्ति प्रयोग गर्ने बताएको छ।

    अमेरिकाको गृह सुरक्षा विभागले गत महिना ६ लाख ५० हजारभन्दा बढी मानिसलाई देश निकाला गरिएको र २५ लाख जना स्वेच्छाले अमेरिकाबाट बाहिरिएको जानकारी दिएको छ। 

    प्रकाशित मिति :माघ १ २०८२ बिहिवार - १०:११:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij