२०८२ माघ ७ गते बुधवार
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनमा प्रधानमन्त्रीको नयाँ उम्मेदवार तोकेर जाने मात्रै आफूहरुको माग रहेको बताएका छन् । बुधवार नेपाली काँग्रेसको विशेष महाधिवेशमा सम्वोधन गर्दै उनले आफूलाई प्रधानमन्त्री पद नचाहिएको पनि बताएका छन् ।
उनले विशेष महाधिवेशनपछि काँग्रेस सुधारिएर आएको म्यासेज जनतामा दिनुपर्ने भन्ने आफूहरुको मागलाई वेवस्ता गरिएको बताका छन् । उनले सभापति शेरबहादुर देउवा बाहेक अरु जसलाई प्रधानमन्त्रीको उम्मेदवार तोक्दा पनि आफूहरुलाई मान्य हुने बताएका छन् ।
उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेस पार्टीले यो चुनावमा प्रधानमन्त्रीको उम्मेद्वार गगन थापालाई भनेको होइन, जसलाई बनाउने हो बनाउँनुस्, तर नेपाली काँग्रेसले अब चुनावमा जाँदैगर्दा यति त भनेर जाउँ हाम्रो प्रधानमन्त्रीको उम्मेद्वार श्री शेरबहादुर देउवा होइन भनेर त जाँउ । अरु जसलाई बनाएपनि हुन्छ । त्यो अपमान गरेर भनेको होइन । हाम्रो दाई हो, नेता हो अपमान गरेर भनेको होइन ।
उनले सहमतिको नाममा आफूहरुलाई अल्मल्याउने काम मात्रै भएको बताएका छन् । विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका सार्न लगाएर सहमतिको नाममा समय बिताउने मात्रै काम गरिएको उनको गुनासो छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij