Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

हाम्रो माग देउवा बाहेक अरुलाई प्रधानमन्त्री तोकेर जाउँ भन्ने मात्रै होः गगन थापा

हाम्रो माग देउवा बाहेक अरुलाई प्रधानमन्त्री तोकेर जाउँ भन्ने मात्रै होः गगन थापा


  • 1.7K
    Shares

    हाम्रो माग देउवा बाहेक अरुलाई प्रधानमन्त्री तोकेर जाउँ भन्ने मात्रै होः गगन थापा

    काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनमा प्रधानमन्त्रीको नयाँ उम्मेदवार तोकेर जाने मात्रै आफूहरुको माग रहेको बताएका छन् । बुधवार नेपाली काँग्रेसको विशेष महाधिवेशमा सम्वोधन गर्दै उनले आफूलाई प्रधानमन्त्री पद नचाहिएको पनि बताएका छन् । 

    उनले विशेष महाधिवेशनपछि काँग्रेस सुधारिएर आएको म्यासेज जनतामा दिनुपर्ने भन्ने आफूहरुको मागलाई वेवस्ता गरिएको बताका छन् । उनले सभापति शेरबहादुर देउवा बाहेक अरु जसलाई प्रधानमन्त्रीको उम्मेदवार  तोक्दा पनि आफूहरुलाई मान्य हुने बताएका छन् । 

    उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेस पार्टीले यो चुनावमा प्रधानमन्त्रीको उम्मेद्वार गगन थापालाई भनेको होइन, जसलाई बनाउने हो बनाउँनुस्, तर नेपाली काँग्रेसले अब चुनावमा जाँदैगर्दा यति त भनेर जाउँ हाम्रो प्रधानमन्त्रीको उम्मेद्वार श्री शेरबहादुर देउवा होइन भनेर त जाँउ । अरु जसलाई बनाएपनि हुन्छ । त्यो अपमान गरेर भनेको होइन । हाम्रो दाई हो, नेता हो अपमान गरेर भनेको होइन । 

    उनले सहमतिको नाममा आफूहरुलाई अल्मल्याउने काम मात्रै भएको बताएका छन् । विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका सार्न लगाएर सहमतिको नाममा समय बिताउने मात्रै काम गरिएको उनको गुनासो छ ।

    प्रकाशित मिति :पौष ३० २०८२ बुधवार - १७:२३:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij