Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

लुम्बिनी विकास बैंक लिमिटेडको १८औं वार्षिक साधारण सभा सम्पन्न

लुम्बिनी विकास बैंक लिमिटेडको १८औं वार्षिक साधारण सभा सम्पन्न


  • 1.0K
    Shares

    लुम्बिनी विकास बैंक लिमिटेडको १८औं वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले मिति २०८२ पौष ३० गते बुधबार १८औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले आर्थिक वर्ष २०८२\८३ को बार्षिक प्रतिबेदन पारित गरी आर्थिक वर्ष २०८२\८३ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्ताव पारित गरेको छ ।

    बैंकका सञ्चालक समितिका अध्यक्ष श्री चिन्तामणी भट्टराई ज्यूको अध्यक्षतामा सम्पन्न १८औं वार्षिक साधारण सभामा आर्थिक वर्ष २०८२\८३ को वार्षिक प्रतिवेदन उपर सहभागी शेयरधनीहरुले राख्नु भएका जिज्ञासाहरुको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले स्पष्ट पारेका थिए । 

    देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको बिभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) स्थापना भएको छ । 

    यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

     

    प्रकाशित मिति :पौष ३० २०८२ बुधवार - १७:०४:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij