२०८२ माघ ७ गते बुधवार
काठमाडौं । कारबाहीमा परेका कांग्रेस महामन्त्री गगनकुमार थापाले कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी नभएको बताएका छन् । थापाले बन्दसत्रमा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
थापाले भने, ‘हामीलाई कारबाही गरेको सुनेका छौं,’ ‘यो पार्टी कसैको प्राइभेट कम्पनी होइन । ९ कक्षामा पढ्दै थिएँ, जतिबेला म कांग्रेस भएको थिएँ । २०४६ को आन्दोलनमा सहभागी भएको थिएँ । २०६२\०६३ मा त आन्दोलनको नेतृत्व गरेको थिएँ । कसैले हटायौं भनेर हट्ने होइन ।’
उनले बन्दसत्र हललाई सम्बोधन गर्दै आजै नयाँ केन्द्रीय कार्यसमिति चयन हुने पनि बताएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij