Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

विशेष महाधिवेशन पक्षले संस्थापन पक्षलाई सहमतिका लागि पठायो ८ बुँदे प्रस्ताव

विशेष महाधिवेशन पक्षले संस्थापन पक्षलाई सहमतिका लागि पठायो ८ बुँदे प्रस्ताव


  • 960
    Shares

    विशेष महाधिवेशन पक्षले संस्थापन पक्षलाई सहमतिका लागि  पठायो ८ बुँदे प्रस्ताव

    काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षले संस्थापन पक्षलाई सहमतिका लागि ८ बुँदे प्रस्ताव पठाएको छ । 

    आज विशेष महाधिवेशन पक्षले संस्थापन पक्षलाई  सो प्रस्ताव पठाइएको हो ।

    आज बिहान ८  बुँदे पठाइएको वार्ता समितिका सदस्य समेत रहेका केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए ।

    यस्ता छन् प्रस्ताव

    • कार्यकारी भूमिकाबाट सभापति शेरबहादुर देउवा बाहिरिनुपर्ने
    • विशेष महाधिवेशनको स्वामित्व लिनुपर्ने
    • प्रधानमन्त्रीको उम्मेदवार तय गरेर जानुपर्ने
    • चुनावी गठबन्धन कुनै पनि दलसँग नगर्ने
    • टिकट वितरणका लागि सर्वस्वीकार्य संसदीय बोर्ड गठन गर्नुपर्ने
    • निर्वाचन केन्द्रित हुनका लागि ५ सदस्यीय उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने
    • उम्मेदवारको  टिकटमा देउवाले हस्ताक्षर गर्न नपाउने
    • विशेष महाधिवेशनमा पेस भएका प्रतिवेदनहरूलाई पार्टीको पुँजीको रूपमा ग्रहण गर्नुपर्ने

       

     

    प्रकाशित मिति :पौष ३० २०८२ बुधवार - १४:०८:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij