Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

सुरक्षा चुनौति छ तर निर्वाचन सफल बनाउनुपर्छः मुख्यमन्त्री यादव

सुरक्षा चुनौति छ तर निर्वाचन सफल बनाउनुपर्छः मुख्यमन्त्री यादव


  • 1.1K
    Shares

    सुरक्षा चुनौति छ तर निर्वाचन सफल बनाउनुपर्छः मुख्यमन्त्री यादव

    काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सुरक्षा चुनौतीका बीच आगामी निर्वाचनलाई सफल बनाउनुपर्ने बताएका छन् । बुधवार मधेस प्रदेशको राजधानी जनकपुरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उनले यस्तो बताएका हुन् । 

    उनले जेनजी आन्दोलनमा लुटिएका हतियार, जेलबाट भागेका कैदीहरु बाहिर रहेको, प्रहरीका आवश्यक सामाग्रीहरु नभएको अवस्थामा हुन लागेको निर्वाचनले सुरक्षा चुनौती खडा गरेको बताएका छन् । नागरिकमा भयरहित भएर मतदान गर्ने वातावरण बनाउन जरुरी रहेको उनको भनाई छ । उनले हालै सम्प्रदायिक विवाद, जातीय तथा धार्मिक विवाद पनि भएकोले त्यसतर्फ पनि सचेत हुनुपर्ने बताएका छन् । 

    उनले प्रहरीलाई सीमा क्षेत्रमा हुने लागुऔषध कारोबारलाई नियन्त्रण गर्न पनि आग्रह गरेका छन् । दैनिक उपभोग्य सामग्री ल्याउने नागरिकलाई पक्राउ गर्नुको सट्टामा लागुऔषधको कारोबार गर्नेलाई पक्राउ गर्नमा बढि ध्यान दिनुपर्ने उनले बताएका छन् 

    प्रकाशित मिति :पौष ३० २०८२ बुधवार - १३:५०:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij