Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

सिन्धुलीमा ५७ हजार अमेरिकी डलरसहित एक जना पक्राउ

सिन्धुलीमा ५७ हजार अमेरिकी डलरसहित एक जना पक्राउ


  • 904
    Shares

    सिन्धुलीमा ५७ हजार अमेरिकी डलरसहित एक जना पक्राउ

    काठमाडौं । सिन्धुलीमा ठूलो मात्रामा अमेरिकी डलरसहित एक जना पक्राउ परेका छन् । 

    खुर्कोटमा चेकजाँच गर्दा इलाका प्रहरी कार्यालय खुर्कोट प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले अमेरिकी डलर ५७ हजारसहित युवराज नेवारलाई पक्राउ परेका छन् ।

    काठमाडौंबाट इलामतर्फ जाँदै गरेको बा१६च ८०४८ नम्बरको टाटा सुमोमा सवार नेवारसँग रहेको कालो झोलामा ५७ हजार अमेरिकी डलर (१०० को नोट ५७० वटा) र नेपाली बाह्र हजार फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिएका छन् ।

    घटनासँग सम्बन्धित थप अनुसन्धानका लागि सुमो चालक विक्रम लिम्बूलाई पनि नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ ।

     

     

     

    प्रकाशित मिति :पौष ३० २०८२ बुधवार - १२:३४:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij