२०८२ माघ ७ गते बुधवार
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्।
निर्वाचन समिति स्रोतका अनुसार भृकुटीमण्डपमा आइतबारदेखि जारी दोस्रो विशेष महाधिवेशन अन्तर्गत शर्माले र पौडेलले महामन्त्रीमा उम्मेदवारी दिएका हुन्।
सभापति पदमा भने गगन थापाको एकल उम्मेदवारी परेको छ। दुई महामन्त्री थापा र शर्मा कानुन विद्हरूसँगको परामर्शमा छन् ।
निर्वाचन समिति संयोजक सीताराम केसीका अनुसार दिउँसो १ बजे नामावली सार्वजनिक गरिने छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij