२०८२ माघ ७ गते बुधवार
काठमाडौं । वाणिज्य बैंकहरुले माघ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले माघका लागि ब्याजदर घटाएर सार्वजनिक गरेका हुन् ।
माघ महिनाका लागि बैंकहरूको ब्याजदर मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ४.६८ प्रतिशत र संस्थागततर्फ औसत ३.३८ प्रतिशत कायम भएको छ । माघका लागी ११ बैंकले ब्याजदर घटाएका छन् भने ८ बैंकले पुस महिनाको ब्याजदरलाई नै निरन्तरता दिने भएका छन् ।
ब्याजदर घटाएका बैंकमा कृषि विकास, एभरेस्ट, लक्ष्मी सनराइज, माछापुच्छ्रे, स्ट्यान्डर्ड चार्टर्ड, सिद्धार्थ, कुमारी, सानिमा, हिमालयन, नेपाल एसबीआई र सिटिजन्स छन् ।
त्यस्तै स्थिर राखेकामा नेपाल, एनआईसी एसिया, प्रभु, राष्ट्रिय वाणिज्य, नबिल, ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट मेगा र एनएमबी छन् । एउटा बैंक प्राइम कमर्सियल बैंकले बढाएको छ ।
माघ महिनामा प्राइम कमर्सियल बैंकले ब्याजदर बढाएको छ । प्राइम कमर्सियल बैंकले माघमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ब्याजदर बढाएर ४.४० प्रतिशतमा पुर्याएको छ ।
माघ महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा कृषि विकास बैंकले ४.४० प्रतिशत, नेपाल एसबीआई बैंकले ४.४० प्रतिशत, हिमालयन बैंकले ५ प्रतिशत, सानिमा बैंकले ४.५५ प्रतिशत, लक्ष्मी सनराइज बैंकले ४.५० प्रतिशत,एभरेष्ट बैंकले ४.४० प्रतिशत, कुमारी बैंक ४.४३ प्रतिशत, सिटिजन्स बैंकले ४.५० प्रतिशत, प्रभु बैंकले ४.५५ प्रतिशत, माछापुच्छ्रे बैंकले ४.५ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ४.३६ प्रतिशत, ब्याज दिने छन् ।
यसैगरी आगामी महिना माघमा व्यक्तिगत मुद्दती निक्षेपमा नबिल बैंकले ४.५५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ५ प्रतिशत, एनएमबि बैंकले ५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ प्रतिशत, एनआईसी एशिया बैंकले ५ प्रतिशत, नेपाल बैंकले ५.१० प्रतिशत, ग्लोबल आइएमई बैंकले ५.५० प्रतिशत र सिद्धार्थ बैंकले ४.५५ प्रतिशत, ब्याजदर दिने छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij