Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

दुई फर्मलाई नगद जरिवाना

दुई फर्मलाई नगद जरिवाना


  • 729
    Shares

    दुई फर्मलाई नगद जरिवाना

    काठमाडौं । नियमित रूपमा बजारको अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई नगद जरिवाना गरेको छ । अनुगमनको क्रममा कैफियत देखिएपछि विभागले विएस धवलागिरि ट्रेडर्सलाई रु १० हजार र सिन्धु मेटेरियल्स प्रालिलाई रु १५ हजार जरिवाना गरेको हो ।

    उपभोक्ता संरक्षण ऐन, २०७५ को विभिन्न दफामा उल्लेख भएका प्रावधान विपरीतका गतिविधि देखिएपछि ती दुई वटा फर्मलाई कारबाहीको दायरामा ल्याइएको विभागले जनाएको छ । विभागले कूल १४ वटा फर्ममा अनुगमन गरेको भएपनि अन्य १२ वटालाई भने सुधारात्मक निर्देशन दिएको छ ।

    विभागले पछिल्ला दिनमा निर्माणजन्य सामग्री बिक्री गर्ने फर्महरूमा अनुगमन गर्दै आएको छ । स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मी तथा अन्य सरोकार भएका निकायको सहभागितामा विभागले नियमित बजार अनुगमन गरिरहेको र कैफियत देखिएकालाई कानुन बमोजिम कारबाही, नगद जरिवाना गरिरहेको उल्लेख गरेको छ ।

    प्रकाशित मिति :पौष ३० २०८२ बुधवार - १०:५०:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij