Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

मोटरसाइकलको ठक्करले ७० वर्षीय वृद्धाको मृत्यु

मोटरसाइकलको ठक्करले ७० वर्षीय वृद्धाको मृत्यु


  • 708
    Shares

    मोटरसाइकलको ठक्करले  ७० वर्षीय वृद्धाको मृत्यु

    काठमाडौं । वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट एक जना वृद्धा महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर-१३, बस्ने ७० वर्षीया लक्ष्मी लामिछाने रहेकी छिन् ।

    जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढाथापाका अनुसार, मंगलबार पिपिरा चौकबाट धुलायबिटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००२ प ३२७१ नम्बरको मोटरसाइकलले पैदल यात्री लामिछानेलाई ठक्कर दिएको थियो ।

    ‘घाइते लामिछानेलाई उपचार गर्न प्रदेश अस्पताल लगिएको थियो, उपचारकै क्रममा उहाँको मृत्यु भयो,’डीएसपी बुढाथापाले बताएका छन् ।  

    उक्त घटनामा मोटरसाइकल चालक २९ वर्षीय हर्कबहादुर बस्नेत पनि घाइते भएका छन् । लेखबेशी नगरपालिका–३ का बस्नेतको प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।

    प्रकाशित मिति :पौष ३० २०८२ बुधवार - १०:२८:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij