२०८२ माघ ७ गते बुधवार
काठमाडौं । सिन्धुलीको घ्याङलेख गाउँपालिका वडा नम्बर–२ मा सञ्चालित एसबिआई बैंकको शाखामा लुटपाट गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
घ्याङलेखक गाउँपालिकाको १ नम्बर वडाबाट चार जनालाई पक्राउ गरिएको सिन्धुलीका एसपी लालध्वज सुवेदीले बताएका छन् ।लुटपाटमा प्रयोग भएको बोलेरो गाडी पनि प्रहरीले बरामद गरेको छ । बैंकको शाखा कार्यालयबाट ३ करोड १० लाख लुटपाट भएको छ ।
मंगलबार साँझ लुटेराहरूले बैंकका सुरक्षा गार्डलाई आक्रमण गरेर नगद लुटेर भागेका हुन् । पक्राउ पर्नेहरूबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij