२०८२ माघ ७ गते बुधवार
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बिहान ८ बजे सुरु हुने भनिए पनि अझै बस्न सकेको छैन । पार्टी केन्द्रीय कार्यालय सानेपामा नेताहरू भेला हुन थालेका छन् ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू र सात वटै प्रदेशका सभापतिहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।
विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षधरका नेताहरू मंगलबार दिनभर वार्तामा जुटेका कारण केन्द्रीय कार्यसमिति बैठक प्रभावित बनेको थियो ।
शीर्ष नेताहरू आज पनि छलफलमा जुटेका कारण कार्यसमिति बैठक कति बेला सुरु हुन्छ भन्ने यकिन छैन ।




© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij