Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

पूर्णबहादुरसहितका शीर्ष नेताहरू छुट्टै छलफलमा

पूर्णबहादुरसहितका शीर्ष नेताहरू छुट्टै छलफलमा


  • 1.4K
    Shares

    पूर्णबहादुरसहितका शीर्ष नेताहरू छुट्टै छलफलमा

    काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका शीर्ष नेताहरू पार्टी केन्द्रीय कार्यालय सानेपामा छुट्टै छलफलमा बसेका छन् । मंगलबार उनीहरू पार्टी कार्यालयमा छलफल गरिरहेका हुन् । 

    छलफलमा खड्कासहित उपसभापति धनराज गुरुङ, नेताहरू शेखर कोइराला, विमलेन्द्र निधि लगायतका नेताहरु रहेका छन् । यता केन्द्रीय सदस्यहरू भने बाहिर केन्द्रीय समिति बैठकका लागि बसेका छन्।

    नेताहरूका अनुसार बालुवाटारको बैठक सकिएपछि मात्रै केन्द्रीय समिति बैठक सुरु गर्ने तयारी छ ।

    नेपाली कांग्रेसको विवाद मिलाउने प्रयासस्वरुप बालुवाटारमा दुई पक्षीय वार्ता जारी छ । महाधिवेशन पक्षधर र सभापति शेरबहादुर देउवा पक्षधरबिचको वार्ता टोलीबिच दोस्रो चरणको वार्ता भइरहेको छ । 


     

     

    प्रकाशित मिति :पौष २९ २०८२ मंगलवार - १६:५३:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij