Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नवौं वार्षिक साधारण सभा सम्पन्न

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नवौं वार्षिक साधारण सभा सम्पन्न


  • 1.1K
    Shares

    प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नवौं वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको नवौं वार्षिक साधारणसभा मंगलबार काठमाडौंमा सम्पन्न भएको छ । साधारण सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष सम्झना अर्यालको अध्यक्षतामा सम्पन्न भएको हो ।

    सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८१\८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ । आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

    पारित लाभांशमध्ये ४ प्रतिशत शेयर लाभांश र ४.४२१ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ ।

    सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिकसमेत निर्धारण गरेको छ ।

     

    प्रकाशित मिति :पौष २९ २०८२ मंगलवार - १६:४६:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij