Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

इटाली भ्रमणमा जाँदै कृषिमन्त्री परियार

इटाली भ्रमणमा जाँदै कृषिमन्त्री परियार


  • 1.0K
    Shares

    इटाली भ्रमणमा जाँदै कृषिमन्त्री परियार

    काठमाडौं । सरकारले मानव बेचबिखन विरूद्धको राष्ट्रिय नीति, २०८२ स्वीकृत गरेको छ । पुस २८ गते बसेको मन्त्रीपरिषद्को बैठकले मानव बेचबिखन विरूद्धको राष्ट्रिय नीति, २०८२ स्वीकृत गरेको हो । 

    बैठकका निर्णयहरु सुनाउँदै अन्तरिम सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारले माघ ४ गते ११ बजे संघीय संसदको राष्ट्रिय सभाको अधिवेश आह्वान गर्ने निर्णय गरेको बताएका छन् । 

    उनका अनुसार सरकारले नेपाल न्याय सेवा, कानून समूहका राजपत्राङ्कित प्रथम श्रेणीका ८ जना अधिकृतहरूको सरुवा गर्ने र सोही सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका ८ जना अधिकृतहरूलाई सम्बन्धित समूहको राजपत्राङ्कित प्रथम श्रेणीमा पदस्थापन गर्ने निर्णय पनि गरेको छ । 

    २०८२ माघ २६ देखि २८ गतेसम्म इटलीको रोममा आयोजना हुने ४९ औं सेसन अफ गभर्निङ काउन्सिल अफ द इन्टरनेशनल फण्ड फर एग्रिकल्चर डेभलपमेण्टमा कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. मदनप्रसाद परियारलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय गरेको बताएका छन्। 

    प्रकाशित मिति :पौष २९ २०८२ मंगलवार - १६:३४:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij