Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

नेपाल इन्स्योरेन्सको ७७औं वार्षिक साधारण सभा सम्पन्न

नेपाल इन्स्योरेन्सको ७७औं वार्षिक साधारण सभा सम्पन्न


  • 883
    Shares

    नेपाल इन्स्योरेन्सको ७७औं वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा मंगलबार त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा सम्पन्न भएको हो ।

    कम्पनीले आर्थिक वर्ष २०८१\८२ को नाफाबाट हाल कायम चुक्ता पूँजी २५४ करोडको ६.३१५८ प्रतिशतका दरले हुने १६ करोड बराबरको नगद लाभांश कर सहित वितरण गर्ने प्रस्तावलाई सर्बसम्मतीले पारित गरेको छ ।

    सभाले आर्थिक वर्ष २०८१\८२ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरुलाई पारित गरेको छ ।

    आर्थिक वर्ष २०८२\८३ को लागी लेखापरीक्षक कृपा श्रेष्ठ एन्ड एशोसियटलाई साधारण सभाले पुनः नियुक्त गरेको छ । कम्पनीको प्रधान कार्यालय सहित देशका विभिन्न क्षेत्रहरुमा ५४ वटा प्रदेशरशाखारउपशाखा कार्यालयहरुबाट बीमा सेवा प्रदान गर्दै आएको छ ।

     

    प्रकाशित मिति :पौष २९ २०८२ मंगलवार - १६:२७:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij