२०८२ माघ ७ गते बुधवार
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत निर्वाचनका लागि ३० वटा मनोनयपत्र वितरण गरिएको छ । निर्वाचन समितिका अनुसार सभापतिसहित पदाधिकारीका लागि ३० वटा मनोनयपत्र वितरण गरिएको हो ।
साढे ३ बजेसम्म उक्त संख्यामा मनोनयपत्र वितरण गरिएको हो । जसमा ३ वटा सभापति पदको मनोनयनपत्र वितरण गरिएको छ भने बाँकी अन्य पदाधिकारीका लागि वितरण गरिएको छ ।
विशेष महाधिवेशन पक्षले निर्वाचन प्रक्रिया नै अघि बढाएपछि संस्थापन समूहले भने यसलाई रोक्न छलफल डाकेको छ । छलफलमा पार्टी सभापित देउवा समूह, नेता शेखर कोइराला समूह र विशेष महाधिवेशन समूहका नेताहरू सहभागी छन् ।
साँझ ५ बजेपछि मनोनयपत्र दर्ता हुने बताइएको छ । काठमाडौंको भृकुटीमण्डपमा आइतबारदेखि विशेष महाधिवेशन जारी रहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij