Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

काँग्रेस विशेष महाधिवेशन पक्षको अडानः नयाँ नीति र नेतृत्व चयन हुन्छ

काँग्रेस विशेष महाधिवेशन पक्षको अडानः नयाँ नीति र नेतृत्व चयन हुन्छ


  • 1.2K
    Shares

    काँग्रेस विशेष महाधिवेशन पक्षको अडानः नयाँ नीति र नेतृत्व चयन हुन्छ

    काठमाडौं । नेपाली काँग्रेसका विशेष महाधिवेशन प्रतिनिधिहरुले नयाँ नीति र नेतृत्व चयन गरिछोड्ने दृढता व्यक्त गरेका छन् । मंगलवार नयाँ नेतृत्व चयनका लागि कार्यतालिका सार्वजनिक गरेपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै विशेष महाधिवेशन प्रचार समितिले सो कुरा जानकारी गराएको हो । 

    नयाँ नीति र नेतृत्व चयन गरेर मात्रै आफूहरु यो हलबाट निस्कने निष्कर्षमा पुगिएको प्रचार समितिका संयोजक सुवाष पोखरेलले बताएका छन् । उनले संस्थापन पक्षले आफूहरुको माग सम्बोधन गर्ने अवस्था नरहेपछि नै नयाँ नेतृत्व चयनको प्रक्रिया शुरु गरिएको पनि स्पष्ट पारेका छन्। 

    संयोजक पोखरेलले सो निर्वाचन प्रक्रियामा सहभागी भएर सभापति पदका लागि मनोनयनमा आउन सभापति शेरबहादुर देउवालाई समेत आग्रह गरेका छन् । उनले संस्थापन पक्षसँग संवाद जारी रहेपनि निर्वाचनमा जाने र नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अव नरोकिने दोहोराएका छन् । 

    संयोजक पोखरेलले भने,‘ हाम्रो एजेण्डालाई संवादले सम्बोधन गर्छ भने हामी किन निर्वाचनमा जाने रु हामी संवादका विरोधी होइनौँ । नेतृत्वसँग हामीले पहिले देखिनै संवाद गरिरहेका छौँ । गरेका पनि हौ । अव अब फेरि गर्छौं । संवाद यहाँ निर्णय सँगसँगै हुन्छ । त्यो सम्वादले यसलाई रोक्दैन । हाम्रो प्रक्रियालाई सम्वादले रोकिँदैन । सम्वादको प्रक्रियालाई हलले आत्मासात नगरी हुँदैन । त आत्मासाथ गर्न हलको म्यान्डेट चाहियो । हाम्रा साथीहरुको जानुभएको छ । त्यो पनि यहाँ ल्याएर सुनाउने हो । हलले समर्थन दियो, त्यो पास भयो । हलले हुँदैन भन्यो, त्यो हुँदैन हो । प्रष्ट हुनुहोस–यसपाली काँग्रेस पार्टी नीति र नेतृत्व बदलेर यहाँबाट जान्छ । कुरा यति नै हो ।’

    यता संस्थापन पक्षले भने विशेष महाधिवेशन विधानसम्मत नभएको जिकिर गर्दै आएका छन् । 

    प्रकाशित मिति :पौष २९ २०८२ मंगलवार - १४:२३:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij