२०८२ माघ ७ गते बुधवार
काठमाडौं । विभिन्न राजनीतिक दलको समानुपातिक सूचीमा रहेका १६४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले १६४ जना उम्मेदवारले नाम फिर्ता लिएको जानकारी दिएका हुन् ।
आयोग स्रोतका अनुसार लोकतान्त्रिक समाजवादी पार्टीका ७८ जना, जनता समाजवादी पार्टी नेपालका २१ जना, जनमत पार्टीका २० जना, राष्ट्रिय प्रजातन्त्र पार्टीका १२ जना, जनादेश पार्टी नेपालका ६ जना, नेकपा एमालेका ५ जना, नेपाल कम्युनिस्ट पार्टी ९माओवादी०का ४ जना, राष्ट्र निर्माण दल नेपालका ४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
उन्नत लोकतान्त्रिक पार्टीका २ जना, नेपाली कम्युनिस्ट पार्टीका २ जना, नेपाली कांग्रेसका २ जना, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २ जना, गतिशील लोकतान्त्रिक पार्टीका १ जना, नागरिक उन्मुक्ति पार्टीका १ जना, नेपाल जनता पार्टीका १ जना, प्रगतिशील लोकतान्त्रिक पार्टीका १ जना, संघीय लोकतान्त्रिक पार्टीका १ जना र संयुक्त नागरिक पार्टीका १ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
फिर्ता लिएकाको ठाउँमा सम्बन्धित पार्टीले अर्को व्यक्तिको नाम पठाउनेछ । निर्वाचन आयोगले नयाँ आएका नाम समेत समावेश गरेर माघ ४ गते बन्दसूचीको नामावली प्रकाशित गर्ने भएको छ ।
दाबी विरोधको उजुरीमाथि माघ ११ देखि माघ १७ गतेसम्म निर्वाचन आयोगले अध्ययन गर्नेछ । उक्त सूचीमा कसैको नाम हटाउनुपरे माघ १९ गते निर्वाचन आयोगले सूचना प्रकाशन गर्ने कार्यतालिका छ ।
माघ २० माघमा समानुपातिक उम्मेदवारको अन्तिम सूची प्रकाशन हुनेछ । प्रतिनिधिसभा सदस्यको निर्वाचन आगामी फागुन २१ मा हुँदैछ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij