Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

एनआईसी एशिया बैंक सल्लेरी शाखामा चोरीको प्रयास

एनआईसी एशिया बैंक सल्लेरी शाखामा चोरीको प्रयास


  • 764
    Shares

    एनआईसी एशिया बैंक सल्लेरी शाखामा चोरीको प्रयास

    काठमाडौं । एनआईसी एशिया बैंकको सोलुखुम्बुस्थित सल्लेरी शाखामा चोरीको प्रयास भएको छ । सोमबार राति करिब १२ बजेको समयमा एक जना अपरिचित व्यक्तिले बैंक भवनभित्र प्रवेश गरी चोरी गर्ने प्रयास गरेको हो ।

    रातिको समयमा बैंक परिसरभित्र शंकास्पद गतिविधि भइरहेको थाहा पाएपछि वरपरका स्थानीय बासिन्दाहरुले हल्ला गरेपछि ती व्यक्ति बैंकभित्रैबाट भागेको जनाइएको छ । 

    राति कै समयमा बैंकका कर्मचारीहरु पनि प्रहरी लगेर शाखामा पुगेका थिए । प्रहरीको रोहबरमा शाखा खोल्दा कुनै पनि रकम चोरी भने नभएको उक्त शाखामा कार्यरत कर्मचारी दिनेश ढकालले बताएका छन् । 

    बैंकको मेन गेटमा केहि क्षति भएको भएपनि अन्य कुनै हानि नभएको जनाइएको छ । सिसिटिभीमा कैद भएको चोरी गर्ने ब्यक्तिको तस्बिर अहिले समाजिक सञ्जालमा भाइरल भइरहेको हो ।  

    प्रकाशित मिति :पौष २९ २०८२ मंगलवार - १३:१९:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij