Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

कामना सेवा विकास बैंकद्वारा आधारभूत विद्यालयलाई न्यानो कपडा वितरण

कामना सेवा विकास बैंकद्वारा आधारभूत विद्यालयलाई न्यानो कपडा वितरण


  • 1.1K
    Shares

    कामना सेवा विकास बैंकद्वारा आधारभूत विद्यालयलाई न्यानो कपडा वितरण

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय खुर्खुरे मार्फत राप्ती नगरपालिका-१२ स्थित श्री भविष्य निर्माण आधारभूत विद्यालयलाई न्यानो कपडा वितरण गरेको छ ।

    बैंकको नारायणगढ क्षेत्र प्रमुख सुरेन्द भण्डारीले श्री भविष्य निर्माण आधारभूत विद्यालयमा अध्ययनरत कक्षा १ देखि ३ सम्मका ७० जना विकट क्षेत्रका विपन्न तथा सीमान्तकृत चेपाङ् समुदायका बालबालिकाहरुलाई चिसो मौसमलाई मध्यनजर गर्दै न्यानो कपडा वितरण गरिएको हो । कार्यक्रममा बोल्दै नारायणगढ क्षेत्र प्रमुख भण्डारीले न्यानो कपडा वितरणले बालबालिकाहरुको स्वास्थ्य तथा शैक्षिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । 

    प्रमुख अतिथिका रूपमा उपस्थित वडा अध्यक्ष अर्जुन प्रजाले बैंकले यस क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्तर्गत निरन्तर रूपमा पुर्याउँदै आएको सहयोगको प्रशंसा गर्दै सम्पूर्ण बैंक परिवारप्रति धन्यवाद व्यक्त गरे । कार्यक्रमको अन्त्यमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीत बहादुर प्रजाले बैंकले विद्यालयप्रति देखाएको चासो र विद्यार्थीहरूलाई पुर्याएको सहयोगको उच्च मूल्याङ्कन गर्दै कामना सेवा विकास बैंक परिवारलाई धन्यवाद व्यक्त गर्नुका साथै बैंकको उत्तरोत्तर प्रगतिको शुभकामना दिए । 

    कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीत बहादुर प्रजा, प्रमुख अतिथि राप्ती नगरपालिका-१२ का वडा अध्यक्ष अर्जुन प्रजा, बैंकका कर्मचारीहरु तथा राप्ती नगरपालिकाका सब-इन्जिनियर विजय पौडेल, वडा सदस्य अशोक जिम्बा, स्थानीय अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

    यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका कार्यक्रमहरुलाई निरन्तरता दिने छ ।

     

    प्रकाशित मिति :पौष २७ २०८२ आइतवार - १५:०४:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij