Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

५ महिनाको तथ्याङ्क : देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठसहित)

५ महिनाको तथ्याङ्क : देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठसहित)


  • 1.2K
    Shares

    ५ महिनाको तथ्याङ्क : देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठसहित)

    काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२\८३ को पहिलो ५ महिना ९मंसिर मसान्तसम्म० को देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ ।

    केन्द्रीय बैंकले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षको ५ महिनामा शोधनान्तर बचत ४ खर्ब नाघेको छ । शोधनान्तर ४ खर्ब २१ अर्ब ८९ करोड बचतमा रहेको छ । चालु खाता ३ खर्ब ५८ अर्ब ८३ करोड बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब १८ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा २ अर्ब ५४ करोडले बचतमा रहेको छ । पाँच महिनाका अवधिमा खुद पुँजीगत ट्रान्सफर ७ अर्ब ६ करोड रहेको छ । यसैगरी, समीक्षा अवधिमा रु७ अर्ब ४७ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । 

    समीक्षा अवधिमा शोधनान्तर स्थिति ४२१ अर्ब ८९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २२५ अर्ब ३४ करोडले बचतमा रहेको थियो । 

     

    प्रकाशित मिति :पौष २५ २०८२ शुक्रवार - १५:४६:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij