२०८२ माघ ७ गते बुधवार
काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकको बहुमूल्य सामान तथा महत्वपूर्ण कागजातहरु ढुक्कका साथ सुरक्षित राख्ने चाहनालाई पूरा गर्न लकर सेवामा विशेष छुट सुविधा बढाएर ३० प्रतिशत पुर्याएको छ ।
माघ ६ गतेसम्मका लागि मात्र ल्याइएको नयाँ योजनाअनुसार ग्राहकले पहिलो वर्षको वार्षिक शुल्कमा ३० प्रतिशतको विशेष छुट सुविधा पाउने बैंकले जनाएको छ । ग्राहकले यस बैंकको लकर सुविधा लिई आफ्नो बहुमूल्य सामान तथा महत्वपूर्ण कागजातहरु ढुक्कका साथ सुरक्षित राख्न सक्ने बैंकले जनाएको छ ।
बैंकले मुलुकभरका विभिन्न शाखाहरुमा ग्राहक महानुभावहरुको आवश्यकता अनुसारका विभिन्न आकारमा लकर सेवाहरु उपलब्ध गराएको
छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij