Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

एनएमबि बैंकको ३०औँ बार्षिक साधारण सभा सम्पन्न

एनएमबि बैंकको ३०औँ बार्षिक साधारण सभा सम्पन्न


  • 708
    Shares

    एनएमबि बैंकको ३०औँ बार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । एनएमबि बैंकको ३०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा त्रिभुवन आर्मि अफिसर्स क्लब, टुँडिखेल काठमाडौंमा सम्पन्न भएको हो ।

    वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८१\८२ को मुनाफाबाट शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

    बैंकले २०८२ आषाढ मसान्तसम्ममा २ अर्ब ८५ करोड खुद नाफा आर्जन गर्नुका साथै २८३.६५ अर्ब निक्षेप संकलन र २४३.३ अर्ब कर्जा प्रवाह गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

    सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न गरिएको छ । सो अवसरमा सहभागी शेयरधनीहरूले आ–आफ्नो मन्तव्य व्यक्त गर्दै बैंकका विविध पक्षमाथि छलफल गरेका थिए ।

     

    प्रकाशित मिति :पौष २५ २०८२ शुक्रवार - ११:०३:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij