Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

नाडा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानबाट सम्मानित

नाडा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानबाट सम्मानित


  • 603
    Shares

    नाडा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानबाट सम्मानित

    काठमाडौं । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले अटो मोबाइल क्षेत्रको सीप विकास, तालिम पाठ्यक्रम निर्माण तथा मानव संशाधन विकासमा योगदान पुर्याएको भन्दै नाडालाई सम्मान गरेको छ । 

    नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको प्रतिष्ठानले वार्षिकोत्सवको अवसरमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाललाई सम्मान पत्र प्रदान गरेको हो ।

    अटो मोबाइल क्षेत्रमा आधारित व्यावसायिक तालिम पाठ्यक्रम निर्माण तथा कार्यान्वयन प्रक्रियामा संयोजकको हैसियतले प्रभावकारी, प्रशंसनीय र नेतृत्वदायी भूमिका निर्वाह गरेको योगदान गरेको भन्दै नाडा उपाध्यक्ष राजनबाबु श्रेष्ठलाई प्रशंसा पत्र प्रदान पनि गरेको छ ।

    नाडाले आगामी दिनहरूमा पनि सरकार तथा सम्बन्धित निकायहरूसँग सहकार्य गर्दै अटो मोबाइल क्षेत्रको सीप विकास, रोजगारी सिर्जना र प्राविधिक जनशक्ति उत्पादनमा अझ सशक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ ।

     

     

     

    प्रकाशित मिति :पौष २४ २०८२ बिहिवार - १२:३७:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij