Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

गैरीगाउँमा भएको आगलागीबाट रु एक करोड ६२ लाखको क्षति

गैरीगाउँमा भएको आगलागीबाट रु एक करोड ६२ लाखको क्षति


  • 687
    Shares

    गैरीगाउँमा भएको आगलागीबाट रु एक करोड ६२ लाखको क्षति

    काठमाडौं । काठमाडौं महानगरपालिका-९ सिनामङ्गल गैरीगाउँमा भएको आगलागीका कारण एक करोड ६२ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

    गैरीगाउँस्थित शक्ति विनायक मार्ग बस्ने ईश्वर कार्कीले सञ्चालन गरेको गोदाममा विद्युत् सर्ट भई मङ्गलबार दिउँसो लागेको आगो फैलिएर नजिकै रहेको लोएला सेकेण्डरी स्कुलको गोदाममा आगलागी हुँदा उक्त क्षति भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिएका छन्।

    उनका अनुसार मङ्गलबार दिउँसो ३ः१५ बजे लागेको उक्त आगो ४ः४५ बजे मात्रै दमकलको सहयोगमा सुरक्षा निकाय र स्थानीयले आगो नियन्त्रणमा लिएको थियो ।

     

    प्रकाशित मिति :पौष २४ २०८२ बिहिवार - १२:३३:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij