२०८२ माघ ७ गते बुधवार
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज फेरि १० अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ। केन्द्रीय बैंकले आज ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ च’ जारी गर्ने भएको हो।
आज मध्याह्न २ बजेसम्म यस ऋणपत्रको अनलाइनबाट बोलकबोल हुनेछ। यो ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन पाउनेछन्।
बोलकबोलका माध्यमबाटै यो ऋणपत्रको ब्याजदर निर्धारण हुनेछ। यो एकवर्षे अवधिको ऋणपत्र हो।
यसको साँव भुक्तानी २०८३ पुस २४ गते हुने भने ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ। यसमा न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलपत्र पेस गर्न सकिनेछ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij