Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

कामना सेवा विकास बैंकद्वारा बाल आश्रमलाई खाद्यान्न तथा शैक्षिक सामाग्री वितरण

कामना सेवा विकास बैंकद्वारा बाल आश्रमलाई खाद्यान्न तथा शैक्षिक सामाग्री वितरण


  • 1.4K
    Shares

    कामना सेवा विकास बैंकद्वारा बाल आश्रमलाई खाद्यान्न तथा शैक्षिक सामाग्री वितरण

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय बिराटचोक मार्फत Breathe of Life (बाल आश्रम) लाई खाद्यान्न तथा शैक्षिक सामाग्री वितरण गरेको छ ।

    बैंकको कोशी प्रदेश प्रमुख खिमलाल भुसालले बाल आश्रमका सञ्चालक निर्मला राईलाई खाद्यान्न तथा शैक्षिक सामाग्री हस्तान्तरण गरेको थिए ।  उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै सञ्चालक राईले गरिब तथा विपन्न वर्गका बालबालिकाको आधारभुत आवश्यकता, शिक्षा र उज्जवल भविष्य सुनिश्चित गर्ने  विश्वास व्यक्त गरे ।

    साथै, यस सहयोगप्रति आभार व्यक्त गर्दै आश्रममा रहेको गरिब तथा विपन्न बालबालिकाको दैनिक जीवन र शैक्षिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने बताए । उक्त कार्यक्रममा बोल्दै बैंकका कोशी प्रदेश प्रमुख भुसालले आश्रममा वितरण गरिएको खाद्यान्न तथा शैक्षिक सामाग्रीले समुन्नत समाज विकासको लागि सहयोग गर्दै हातेमालो गर्न पाएकोमा खुशी व्यक्त गरे ।

    कार्यक्रममा उप-मेयर नितु थापा कोइराला, वडा अध्यक्ष योेगेन्द्र सुवेदी, बैंकका कर्मचारीहरु, बाल आश्रमका सहभागी तथा अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

    यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका कार्यक्रमहरुलाई निरन्तरता दिने छ ।

     

    प्रकाशित मिति :पौष २३ २०८२ बुधवार - १७:०२:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij