Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

शेयर बजार : यो साता झण्डै ४१ अर्बको कारोबार

शेयर बजार : यो साता झण्डै ४१ अर्बको कारोबार


  • 8.8K
    Shares

    शेयर बजार : यो साता झण्डै ४१ अर्बको कारोबार
    images

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्स)मा यो सात झण्डै ४१ अर्बको कारोबार भएको छ ।

    यो साता नेप्सेमा ४० अर्ब ९८ करोड बढीको कारोबार भएको हो। कारोबार भएको ५ दिनमा एक दिन नेप्से घटेको थियो भने अन्य सबै दिन नेप्से बढेको थियो । 

    कुन दिन कति कारोबार ?

    आइतबार 
    नेपाल स्टक एक्चेञ्ज ९नेप्से०मा साताको पहिलो दिन आइतबार नेप्से ७५.२ अंकले बढेर एक हजार ९ सय ६८ दशमलब २४ विन्दुमा पुगेको थियो भने ९ अर्ब २२ करोड ७३ लाख ४८ हजार ३४८ रुपैयाँ बराबरको कारोबार भएको थियो । 

    सोमबार
    नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा साताको दोस्रो दिन सोमबार नेप्से २८.७९ अंकले बढेर एक हजार ९ सय ९७ दशमलब ५ विन्दुमा पुगेको थियो भने ८ अर्ब ८६ करोड ७७ लाख १४ हजार ६८२ रुपैयाँ बराबरको कारोबार भएको थियो । 

    मंगलबार 
    नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको तेस्रो दिन मंगलबार ३.३५ अंकले बढेर २ हजार दशमलब ४० विन्दुमा पुगेको थियो भने ७ अर्ब ४० करोड ४१ लाख ५४ हजार ७ रुपैयाँ बराबरको कारोबार भएको थियो । 

    बुधबार  
    नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको चौथो दिन बुधबार ७०.६२ अंकले बढेर २ हजार दशमलब ७० विन्दुमा पुगेको थियो भने ७ अर्ब ४६ करोड ३४ लाख ८२ हजार ९७२ रुपैयाँ बराबरको कारोबार भएको थियो । 

    विहीबार
    नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा साताको अन्तिम दिन बिहिबा १५.५७ अंकले घटेर २ हजार ५५ दशमलब ४५ विन्दुमा थापिएको छ भने ८ अर्ब २ करोड ६० लाख २३ हजार ७९८ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
     

    प्रकाशित मिति :मंसिर १९ २०७७ शुक्रवार - १६:१०:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij