२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । आन्तरिक राजस्व कार्यालय, भैरहवाले चालु आर्थिक वर्षको पाँच महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
कार्यालयले उक्त अवधिमा पाँच अर्ब ३६ करोड ८३ लाख आठ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा १२१ दशमलव एक अर्थात् ६ अर्ब ५० करोड ३२ लाख सात हजार सङ्कलन गरेको हो ।
कार्यालयले गत आर्थिक वर्षको सोही अवधिमा चार अर्ब ५१ करोड आठ लाख ४७ हजार राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले जानकारी दिएका छन् ।
उनका अनुसार राजस्वमा अन्तःशुल्कको हिस्सा सबैभन्दा बढी अर्थात् करिब ८० प्रतिशत रहेको छ । आन्तरिक राजस्व कार्यालय, भैरहवाको कार्यक्षेत्रअन्तर्गत ८२ हजारभन्दा बढी व्यावसायिक करदाता छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij