Logo

२०८३ बैशाख १४ गते सोमवार

२०८३ बैशाख १४ गते सोमवार

सिद्धार्थ बैंकको 'एसबिएल डिबेन्चर २०८२' परिपक्व हुँदै

सिद्धार्थ बैंकको 'एसबिएल डिबेन्चर २०८२' परिपक्व हुँदै


  • 1.1K
    Shares

    सिद्धार्थ बैंकको 'एसबिएल डिबेन्चर २०८२' परिपक्व हुँदै

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले निष्कासन गरेको एस.बि.एल. डिबेन्चर २०८२ नामक ऋणपत्र यही पुस महिनामा परिपक्व हुने भएको छ । बैंकले ऋणपत्र परिपक्व हुन लागेको विषयमा नेप्सेलाई पत्राचार गर्दै जानकारी गराएको हो।

    बैंकले नेप्सेलाई पठाएको पत्र अनुसार, ७ वर्ष अवधिको यो ऋणपत्र २०८२ पुस २६ गते पछि परिपक्व हुने भएको छ। प्रति ऋणपत्र १,००० रुपैयाँ अंकित मूल्य रहेको यस ऋणपत्रको वार्षिक ब्याजदर १०.५० प्रतिशत रहेको छ।

    सिद्धार्थ बैंकले कुल २२ लाख ५० हजार कित्ता ऋणपत्र निष्कासन गरेकोमा २१ लाख ६२ हजार ५५९ कित्ता ऋणपत्र २०७५ पुस २७ गते बाँडफाँट गरेको थियो । सो ऋणपत्र नेपाल स्टक एक्सचेन्ज र बैंकबीच २०७५ फागुन २६ गते भएको सम्झौता बमोजिम नेप्सेमा सूचीकरण भएको थियो ।

     

    images
    प्रकाशित मिति :पौष २२ २०८२ मंगलवार - १३:३१:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij