Logo

२०८३ बैशाख १४ गते सोमवार

२०८३ बैशाख १४ गते सोमवार

नेपाल एसबिआई बैंकद्धारा बाल मन्दिरका बालबालिकाहरुलाई अत्यावश्यक सामग्रीहरु वितरण

नेपाल एसबिआई बैंकद्धारा बाल मन्दिरका बालबालिकाहरुलाई अत्यावश्यक सामग्रीहरु वितरण


  • 953
    Shares

    नेपाल एसबिआई बैंकद्धारा बाल मन्दिरका बालबालिकाहरुलाई अत्यावश्यक सामग्रीहरु वितरण

    काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं, नक्साल स्थित, नेपाल बाल संगठन, बाल मन्दिरका १०७ जना बालबालिकाहरुलाई न्यानो कपडा, चप्पल, ब्ल्याङकेट, म्याट्रेस, वाटर प्यूरिफायर लगायतका अत्यावश्यक सामग्रीहरु प्रदान गरेको छ ।

    यस किसिमको पहलबाट बैंकले बालबालिकाहरुको तत्काल आवश्यकताहरू पुरा हुनुका साथै बालबालिकाहरुको समग्र बिकासमा सहयोग पु¥याउने लक्ष्य राखेको छ । कार्यक्रममा बैंकका अध्यक्ष, श्री वेंकट बंसीधर कुंचाले श्री नेपाल बाल संगठनका अध्यक्ष, श्री विद्या उपाध्याय न्यौंपानेलाई औपचारिक रुपमा सहयोग सामग्रीहरु हस्तान्तरण गरेका थिए । 

    सो कार्यक्रममा बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, श्री राम कुमार तिवारी, बैंकका संचालक, श्री रितेश सिन्हा, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत, श्री विकास आनन्द, प्रमुख वित्तिय अधिकृत, श्री राजेश कुमार पंडा, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, श्री प्रबिण मुनि बज्राचार्य र बैंक तथा संस्थाका पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । 

    बैंकले समुदाय स्तरमा यस्ता गतिविधिहरु समय समयमा गर्दै आइरहेकोे छ । नेपाल एसबिआई बैंक लि.ले बिगत ३२ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०२ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २१ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

    images
    प्रकाशित मिति :पौष २२ २०८२ मंगलवार - १३:०५:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij