Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

गण्डकी प्रदेशमा थपिए ८५९ जना कोरोना संक्रमित

गण्डकी प्रदेशमा थपिए ८५९ जना कोरोना संक्रमित


  • 7.0K
    Shares

    गण्डकी प्रदेशमा थपिए ८५९ जना  कोरोना संक्रमित

    पोखरा । गण्डकी प्रदेशमा ८५९ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकीका प्रदेशका विभिन्न जिल्लामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणमा ८५९ जनमा संक्रमण देखिएको हो ।

    प्रदेशका ११ जिल्लामध्ये मुस्ताङ र गोरखा बाहेकका अन्य ९ जिल्लामा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशक डा।विनोदबिन्दु शर्माले जानकारी दिए ।

    उनकाअनुसार सबैभन्दा धेरै कास्कीमा ४०८, नवलपरासी पूर्व १४२, म्याग्दीमा ८४, लमजुङ ७९, बागलुङ ६२, पर्वत २१, स्याङजा ३५, तनहुँ २३ र मनाङमा २ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेशका मुस्ताङ र गोरखा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण देखिएका छैनन् । 

    प्रदेशमा देखिएका ८५९ संक्रमितमध्ये ४०४ जना महिला र ४५५ जना पुरुष रहेको निर्देशक डा. शर्माले बताए ।  योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २९०४१ पुगेको छ ।

    प्रकाशित मिति :जेठ ३ २०७८ सोमवार - १७:०२:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij