Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

सिद्धार्थ बैंकले पायो अग्राधिकार शेयर जारी गर्ने अनुमति

सिद्धार्थ बैंकले पायो अग्राधिकार शेयर जारी गर्ने अनुमति


  • 1.0K
    Shares

    सिद्धार्थ बैंकले पायो अग्राधिकार शेयर जारी गर्ने अनुमति

    काठमाडौं । सिद्धार्थ बैंकले अग्राधिकार शेयर जारी गर्ने अनुमति पाएको छ। हालसम्म नेपाल धितोपत्र बोर्डले अग्राधिकार शेयर जारी गर्न अनुमति पाउने बैंकको संख्या ४ पुगेको छ।

    धितोपत्र बोर्डले आज ३ अर्ब ५० करोड रुपैयाँबराबरको एसबीएल अविमोच्य अञ्चिति अग्राधिकार शेयर जारी गर्ने अनुमति दिएको हो। अब बैंकले १०० रुपैयाँ अंकित दरका कुल ३ करोड ५० लाख कित्ता अग्राधिकार शेयर जारी गर्ने भएको छ।

    सिद्धार्थ बैंकले यो अग्राधिकारको लाभांश दर ८.२५ प्रतिशत रहेको छ। जुन मुनाफा भएको वर्षमात्र वितरण गरिन्छ। बैंकको अग्राधिकार शेयरको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।

    यसअघि वाणिज्य बैंकतर्फ नबिल बैंक र एनएमबि बैंक तथा विकास बैंकतर्फ कामना सेवा विकास बैंकले अग्राधिकार शेयर जारी गर्ने अनुमति पाइसकेका छन्। 

     

     

    प्रकाशित मिति :पौष २१ २०८२ सोमवार - १६:१७:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij