Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

३६६ दिनका लागि ५ अर्ब बढी लगानी गर्दै राष्ट्र बैंक

३६६ दिनका लागि ५ अर्ब बढी लगानी गर्दै राष्ट्र बैंक


  • 1.6K
    Shares

    ३६६ दिनका लागि ५ अर्ब बढी लगानी गर्दै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा ५ अर्ब रुपैयाँ बढी लगानी गर्ने भएको छ। केन्द्रीय बैंकको विभिन्न कोषमा रहेको ५ अर्ब १ करोड १६ लाख रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो।

    यसका लागि पुस २२ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ। यो लगानी ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।

    कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा ४ अर्ब ९४ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ७५ करोड १७ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा २५ करोड ५ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्ने भएको छ।   

    प्रकाशित मिति :पौष २० २०८२ आइतवार - १६:५७:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij