२०८२ माघ ८ गते बिहिवार
काठमाडौं ।नेपाली कांग्रेसको १५औँ महाधिवेशन सम्बन्धमा देखिएको विवादबारे सभापति शेरबहादुर देउवाले संस्थापन समूहका कार्यसम्पादन समितिमा रहेका शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन् । आइतबार महाराजगञ्जस्थित आफ्नै निवासमा देउवाले उनीहरूसँग छलफल गरिरहेका हुन् ।
छलफलमा संस्थापनका वर्तमान र पूर्वपदाधिकारीहरू तथा कार्यसम्पादन समितिमा रहेका नेताहरू सहभागी रहेका छन् । बैठकमा विशेष महाधिवेशन गरेरै छोड्ने महामन्त्री थापाको तयारीलाई कसरी रोक्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन् ।
कार्यसम्पादन समितिले वैशाख २८ देखि ३१ गतेसम्म नियमित महाधिवेशन गर्ने कार्यतालिका बहुमतले पारित गरेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij