Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

सामाजिक तथा धार्मिक सद्भाव बिथोल्ने गतिविधि नगर्न पर्सा प्रशासनको आग्रह

सामाजिक तथा धार्मिक सद्भाव बिथोल्ने गतिविधि नगर्न पर्सा प्रशासनको आग्रह


  • 1.2K
    Shares

    सामाजिक तथा धार्मिक सद्भाव बिथोल्ने गतिविधि नगर्न  पर्सा प्रशासनको आग्रह

    काठमाडौं  । जिल्ला प्रशासन कार्यालय पर्साले सामाजिक तथा धार्मिक सद्भावमा खलल पुर्‍याउने गतिविधि नगर्न सर्वसाधारणमा कडा अपिल गरेको छ। 

    पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले आइतबार एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमार्फत धार्मिक सहिष्णुता र राष्ट्रिय एकता खल्बल्याउने खालका गतिविधि नगर्न सचेत गराएका हुन्। 

    फेसबुक, टिकटक, इन्स्टाग्राम जस्ता प्लेटफर्ममा कुनै पनि धर्म, जात वा समुदाय विरुद्ध घृणा फैलाउने, अफवाह सिर्जना गर्ने र अपमानजनक सामग्री प्रकाशन गर्नु कानुनविपरीत रहेको प्रशासनले स्पष्ट पारेको छ।

    विज्ञप्तिमा धार्मिक र सामाजिक द्वेष फैलाउने क्रियाकलापको सूक्ष्म निगरानी भइरहेको र त्यस्ता कार्यमा संलग्न जो(कोहीलाई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ। 

    मुलुकी अपराध संहिता २०७४ र विद्युतीय कारोबार ऐन २०६३ को प्रावधान स्मरण गराउँदै सिडिओ दाहालले धार्मिक भावनामा आघात पुर्‍याउने वा सार्वजनिक नैतिकता बिगार्नेलाई कैद र जरिवानाको सजाय हुने उल्लेख गरेका छन्। 

    image0-(1)_USnrEnaWOv.jpg

     

    प्रकाशित मिति :पौष २० २०८२ आइतवार - १५:०६:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij