Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

मुक्तिनाथ विकास बैंक २०औं वर्षमा प्रवेश

मुक्तिनाथ विकास बैंक २०औं वर्षमा प्रवेश


  • 1.1K
    Shares

    मुक्तिनाथ विकास बैंक २०औं वर्षमा प्रवेश

    काठमाडौं  । मुक्तिनाथ विकास बैंकको २०औं वर्ष प्रवेशका अवसरमा बैंकले कृषि क्षेत्रमा लगानी विस्तार, उत्पादकत्व बृद्धि र किसानको दिगोपना अभिवृद्धि गर्ने उद्देश्यले ‘मुक्तिनाथ एग्रिफाइनान्स ३६०’ कार्यक्रम गरेको छ ।

    कृषि लगानी विस्तार तथा कर्जा गुणस्तर सुदृढ बनाउन क्रेडिट ग्यारेन्टी, वित्तीय साक्षरता, कृषि बीमा, मूल्य शृङ्खलामा समन्वय, सहकारी तथा निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकता दिने नीति र योजना बनाउन सकेमात्र कृषि क्षेत्रको ठोस विकास हुन सक्ने मन्त्री परियारको भनाइ छ ।

    कृषि मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले पहिले राज्य आफैंले कृषि क्षेत्र विकासका लागि मूल्य शृङ्खला विकास गर्ने प्रयास गरे पनि पछि सरकारले निजीकरणको नीतिगत व्यवस्थापछि निजी क्षेत्रले आफ्नै हिसाबमा काम गर्न थालेको बताएका छन् ।

    अब बैंक तथा वित्तीय संस्थाले नै कृषिसम्बन्धी आफ्नै सहायक कम्पनी खोल्न कदम चाल्न उनले सुझाव दिएका छन् । यस कार्यमा नेपाल राष्ट्र बैंकलाई आवश्यक समन्वय गर्न उनले अनुरोध गरेका छन् ।

    कार्यक्रममा बैंक सञ्चालक समिति अध्यक्ष खिमप्रकाश मल्ल, सञ्चालक उमेशकुमार आचार्य, सीईओ प्रद्युम्न  पोखरेल, राष्ट्र बैंकका कार्यकारी निर्देशक विश्रुत थापा, राष्ट्र बैंक प्रवक्ता गुरुप्रसाद पौडेले लगायत सहभागी थिए ।

    प्रकाशित मिति :पौष २० २०८२ आइतवार - १४:२४:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij