Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

कर्णालीका नवनियुक्त २ मन्त्रीले लिए शपथ

कर्णालीका नवनियुक्त २ मन्त्रीले लिए शपथ


  • 12.2K
    Shares

    कर्णालीका नवनियुक्त २ मन्त्रीले लिए शपथ
    images

    सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । 

    कर्णाली प्रदेशका प्रदेश प्रमुख गाविन्दप्रसाद कालौनीले नवनियुक्त दुई मन्त्री सीता नेपाली र गोपाल शर्मालाई सोमबार पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । 

    मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले माओवादी केन्द्रका सचेतक नेपालीलाई आन्तरिक मामिला तथा कानून र युवा तथा खेलकुदमन्त्री नियुक्त गरेका छन् भने गोपाल शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिएका छन् । 

    कर्णाली प्रदेश प्रमुखको कार्यालयले नेपालको संविधानको धारा १६८ को उपधार(९) र धारा १७० को उपधार (१) बमोजिम मुख्यमन्त्रीको सिफारिसमा मन्त्रिमण्डलको पुनर्गठन गरेको जनाएको छ । 

    111.jpg

    प्रकाशित मिति :जेठ ३ २०७८ सोमवार - १५:४२:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij