Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

सरकार आफैँ निर्वाचन बिथोल्न लागि परेको छः रघुवीर महासेठ

सरकार आफैँ निर्वाचन बिथोल्न लागि परेको छः रघुवीर महासेठ


  • 981
    Shares

    सरकार आफैँ निर्वाचन बिथोल्न लागि परेको छः रघुवीर महासेठ

    काठमाडौं  । नेकपा (एमाले)का उपमहासचिव रघुवीर महासेठले सरकार आफै निर्वाचन बिथोल्ने काम लागि परेको आरोप लगाएका छन् । आईतवार जनकपुरमा सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । 

    उपमहासचिव महासेठले जेनजी आन्दोलनपछि लुटिएका हतियार र  भागेका कैदीबन्दीहरु फिर्ता नभएबाट पनि सरकार चुनाव गराउन नलागेको पुष्टि हुने उनको दावी थियो । उपमहासचिव सेठले जुनसुकै बेला पनि निर्वाचनमा भाग लिन भने तयार रहेको बताएका छन् । 

    उनले प्रतिनिधिसभा पुनःस्थापना हुने विगतको नजिरअनुसार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धि फैसला गर्नुपर्ने जिकिर समेत गरेका छन् ।

    उनले भने,‘ अहिले जानी नजानी यो सरकार आफै निर्वाचन बिथोल्न प्रक्रियामा अघि बढिरहेको छ । २३ र २४ गते लुटिएका हजारौँ हजार सुरक्षा निकायका हतियारहरु बाहिर छन् । कैदीहरु बाहिर छन । लुटिएका हतियारमध्ये ५० प्रतिशत पनि फिर्ता भएको छैन । भागेका कैदीहरुमध्ये बहुसंख्यक बाहिरनै छन । यस्तो स्थितिमा चुनाव कसरी गराउन सकिन्छ ? बाहिर रहेका कैदीहरु र हतियारहरु कसको विरुद्धमा प्रयोग हुन्छ रु त्यो एउटा छलफलको विषय हुनसक्छ । सोचनीय विषय हुन सक्छन् । त्यसैले नेकपा (एमाले) हामी सम्माननीत सर्वोच्च अदालतको आदेश पनि पर्खिरहेका छौ । हामी चुनावबाट भाग्दैनौ । चुनाव भएको खण्डमा चुनावमा हामी भाग लिन्छौँ नै । 

    गणतन्त्रसहितको संविधान रक्षाका लागि एमालेले काँग्रेससँग सहकार्य गरेर अघि बढ्ने समेत बताएका छन् ।

    प्रकाशित मिति :पौष २० २०८२ आइतवार - १३:५०:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij