Logo

२०८३ बैशाख १४ गते सोमवार

२०८३ बैशाख १४ गते सोमवार

आज फेरि २५ अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

आज फेरि २५ अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक


  • 1.1K
    Shares

    आज फेरि २५ अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज फेरि २५ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ। केन्द्रीय बैंकले आज ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ग’ जारी गर्ने भएको हो। 

    यो ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन पाउनेछन्। आज मध्याह्न २ बजेसम्म यस ऋणपत्रको अनलाइनबाट बोलकबोल हुनेछ। यो एकवर्षे अवधिको ऋणपत्र हो। यसको साँव भुक्तानी २०८३ पुस २० गते हुने भने ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिने भएको छ।

    यस ऋणपत्रमा न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलपत्र पेस गर्न सकिनेछ।

    यसअघि पुस १४ गते राष्ट्र बैंकले २५ अर्ब रुपैयाँबराबरकै ऋणपत्र जारी गरेको थियो।

     

     

    images
    प्रकाशित मिति :पौष २० २०८२ आइतवार - १२:२६:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij