Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

आज फेरि २५ अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

आज फेरि २५ अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक


  • 750
    Shares

    आज फेरि २५ अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज फेरि २५ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ। केन्द्रीय बैंकले आज ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ग’ जारी गर्ने भएको हो। 

    यो ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन पाउनेछन्। आज मध्याह्न २ बजेसम्म यस ऋणपत्रको अनलाइनबाट बोलकबोल हुनेछ। यो एकवर्षे अवधिको ऋणपत्र हो। यसको साँव भुक्तानी २०८३ पुस २० गते हुने भने ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिने भएको छ।

    यस ऋणपत्रमा न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलपत्र पेस गर्न सकिनेछ।

    यसअघि पुस १४ गते राष्ट्र बैंकले २५ अर्ब रुपैयाँबराबरकै ऋणपत्र जारी गरेको थियो।

     

     

    प्रकाशित मिति :पौष २० २०८२ आइतवार - १२:२६:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij