Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

नेपाल लाइफको २६औँ वार्षिक साधारण सभा सम्पन्न

नेपाल लाइफको २६औँ वार्षिक साधारण सभा सम्पन्न


  • 736
    Shares

    नेपाल लाइफको २६औँ वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सको २६औँ वार्षिक साधारण सभा शनिबार वीरगन्जमा सम्पन्न भएको छ ।

    यस अवसरमा संचालक समितिका तर्फबाट अध्यक्षज्यूबाट प्रस्तुत भएकोआव.२०८१\८२ को वार्षिक कार्य प्रगति प्रतिवेदन छलफल गरि पारित गरिएको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको आव.२०८१\८२ को वासलात, नाफा-नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गरिएको छ । यस सभाले आ.व. २०८२\८३को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गरेको छ ।

    साधारण सभाले आव २०८१\८२ को वितरण योग्य मुनाफाबाट कम्पनीको हाल कायम चुक्ता पुँजी ९,०२,८७,६३,२०९ को जम्मा २१.०५ प्रतिशतले हुन आउने रकम १,९०,०७,९२,२५५ (अक्षेरुपी एक अर्ब नब्बे करोड सात लाख बयानब्बे हजार दुई सय पचपन्न मात्र) सेयरधनीहरूलाई लाभांशको रूपमा प्रदान गर्ने जसमा १६.०५ प्रतिशत नगद लाभांश (लाभांशको कर सहित) र ५ प्रतिशत बोनस सेयर प्रदान गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

    साधारणसभाले संस्थापक समूह अन्तर्गत श्री गोविन्द लाल संघई, श्री कमलेश कुमार अग्रवाल र श्री विवेक कुमार अग्रवाललाई निर्विरोध निर्वाचित गरेको छ । साधारणसभा पछि आजै बसेको संचालकसमितिको ४०७औं बैठकले श्री गोविन्द लाल संघईलाई सर्वसम्मतिबाट अध्यक्षको रुपमा चयन गरेको छ ।
     
    २०८२ असोज मसान्त सम्ममा यस कम्पनीको लगानी २५४ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष २४५ अर्ब रुपैयाँ र सेयरधनी कोष १३ अर्ब बढी रहेको छ । कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल १ सय ९७ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । यसका साथसाथै कम्पनीले हालसम्म रु।३२६ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ भने १०३ अर्ब जम्मा दाबी भुक्तानी गरेको छ ।

     

     

    प्रकाशित मिति :पौष २० २०८२ आइतवार - ११:४९:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij