Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

कांग्रेस महाधिवेशन विवाद: पदाधिकारी बैठक आह्वान

कांग्रेस महाधिवेशन विवाद: पदाधिकारी बैठक आह्वान


  • 806
    Shares

    कांग्रेस महाधिवेशन विवाद: पदाधिकारी बैठक आह्वान

    काठमाडौं । आगामी वैशाख २८ देखि ३१ गतेसम्म १५ औँ महाधिवेशन गर्ने निर्णय कार्यसम्पादन समिति बैठकले गरेपछि देखिएको विवाद समाधानको उपाय खोज्न नेपाली कांग्रेसको पदाधिकारी बैठक आह्वान भएको छ ।

    आज दिउँसो २ बजेका लागि पदाधिकारी बैठक बोलाइएको जानकारी सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिएका छन् ।  

    पुस २६ देखि २८ गतेसम्म तोकिएको पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिका अनुसार काम नभएपछि शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकले महाधिवेशनको मिति सारेर वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा गर्ने निर्णय बहुमतले गरेको थियो ।

    उक्त निर्णयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री फरमुल्लाह मन्सुर तथा कार्यसम्पादन समिति सदस्यद्वय अर्जुननरसिंह केसी र उमा रेग्मीले फरक मत राखेका छन् । 

     

     

     

    प्रकाशित मिति :पौष २० २०८२ आइतवार - ११:४०:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij