२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । प्रगतिशिल लोकतान्त्रिक पार्टी अध्यक्ष परिषद्का अध्यक्ष सुदन किराती भोजपुर-१ र सुनसरी-१ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन् ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि किराती दुई क्षेत्रबाट सिफारिस भएका हुन् । प्रलोपा जिल्ला समितिले किरातीको नाम सिफारिस भएको उनले स्वीकार गरेका छन् ।
२०७९ सालको निर्वाचनमा भोजपुर १ मा तत्कालीन नेकपा माओवादी केन्द्रबाट उनी निर्वाचित भएका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij