Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

आज दिल्ली जाँदै नेकपा संयोजक प्रचण्ड, यस्तो छ कार्यक्रम

आज दिल्ली जाँदै नेकपा संयोजक प्रचण्ड, यस्तो छ कार्यक्रम


  • 1.5K
    Shares

    आज दिल्ली जाँदै नेकपा संयोजक प्रचण्ड, यस्तो छ कार्यक्रम

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड आज भारतको राजधानी नयाँदिल्ली जाने भएका छन्।

    विभिन्न कम्युनिस्ट घटक मिलेर बनेको नेकपाको प्रवासी संगठनहरूको एकता सन्देश सभालाई सम्बोधन गर्न प्रचण्ड आज साँझ दिल्ली जान लागेका उनको सचिवालयले जनाएको छ।  

    एक महिनाअघि नै तय भएको सन्देश सभालाई सम्बोधन गर्न प्रचण्ड दिल्ली जान लागेका हुन्। एकता सन्देश सभा भने भोलि राखिएको छ। 

    सन्देश सभालाई सम्बोधन गरेर प्रचण्ड भोलि (सोमबार) साँझ नै स्वदेश फर्किने कार्यक्रम रहेको प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए। प्रचण्ड दिल्लीमा रहँदा उनले सन्देश सभालाई सम्बोधन गर्नेबाहेक अन्य राजनीतिक भेटघाटका कार्यक्रम तय नभएको सचिवालयले जनाएको छ। 

    प्रचण्डको सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘उक्त कार्यक्रममा नेपाल सरकारका सम्माननीय पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक, आदरणीय नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यूको गरिमामय उपस्थिति रहनेछ। कार्यक्रममा उहाँद्वारा नेपाली समुदायका साझा सरोकार, नेपाल–भारत सम्बन्धको मजबुती, प्रवासी नेपालीका समस्या र अवसर, साथै एकता र सहकार्यको महत्वबारे समसामयिक सन्देश प्रदान गरिनेछ।’

    भारतमा बसोबास गर्दै आएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई एकताबद्ध गर्दै सामाजिक–राजनीतिक चेतनाको अभिवृद्धि गर्नु नै यस कार्यक्रमको मुख्य उद्देश्य भएको प्रचण्डको सचिवालयले जनाएको छ। 

    सोमबार दिउँसो एकबजे लाजपत भवन अडिटोरियम लाजपत नगर, नयाँ दिल्लीमा कार्यक्रम हुने आयोजक नेपाली समाज भारतकी महासचिव आरबी खड्काले जानकारी दिएका छन्। 

    प्रकाशित मिति :पौष २० २०८२ आइतवार - १०:४३:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij