Logo

२०८३ कार्तिक १ गते शनिवार

२०८३ कार्तिक १ गते शनिवार

छुट्ला है ! सालपा विकास बैंककाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन

छुट्ला है ! सालपा विकास बैंककाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन


  • 1.3K
    Shares

    छुट्ला है ! सालपा विकास बैंककाे आईपीओमा आवेदन दिने आज अन्तिम  दिन
    images

    काठमाडौं । सालपा विकास बैंकको आइपीओ भर्ने आज अन्तिम दिन रहेको छ। बैंकले पुस १६ गतेदेखि दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो। 

    यो आइपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ। बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

    दोस्रो चरणमा बैंकले १०० रुपैयाँ अंकित दरका कुल १४ लाख ३९ हजार १७९ कित्ता शेयर निष्कासन गरेको छ। बैंकले ५ प्रतिशतले हुनआउने ८६ हजार १९४ कित्ता सामूहिक लगानी कोषका लागि र ०.५ प्रतिशतले हुन आउने २६ हजार ११९ कित्ता कर्मचारीका लागि सुरक्षित गरेको छ।

    सर्वसाधारणले उक्त आइपीओमा न्यूनतम १० कित्ता र अधिकतममा २५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयका साथै सीडीएससीको मेरो शेयरबाट दिन सकिनेछ।

    प्रकाशित मिति :पौष २० २०८२ आइतवार - १०:४१:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij