Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

रुसी सेनामा भर्ती भएका बैतडीका ३३ वर्षीय मनोजको मृत्यु

रुसी सेनामा भर्ती भएका बैतडीका ३३ वर्षीय मनोजको मृत्यु


  • 2.3K
    Shares

    रुसी सेनामा भर्ती भएका बैतडीका ३३ वर्षीय मनोजको मृत्यु

    बैतडी । रुसी सेनामा भर्ती भएर रुस–युक्रेन युद्धमा संलग्न बैतडीको मेलौली नगरपालिका–७ काँडाका ३३ वर्षीय मनोजसिंह भाटको मृत्यु भएको पुष्टि भएको छ। 

    करिब दुई वर्षअगाडि रुसी सेनामा भर्ती भएका भाट केही समयदेखि सम्पर्कविहीन भएकामा ‘डिएनए’ परीक्षणबाट भाटको मृत्यु भएको जानकारी आएको मेलौली नगरपालिका–७ का वडाअध्यक्ष रामचन्द्र भट्टले बताए। 

    भाटको कहिले मृत्यु भएको हो भन्नेबारे यकिन विवरण प्राप्त नभए पनि हालै मृत्यु भएको खबर परिवारलाई दिइएको  उनले जानकारी दिए।  

    मृतक भाटको घरमा आमा–बुबा, भाइ र श्रीमती छन्। भाटसँगै रुसी सेनामा भर्ना भएका मेलौली नगरपालिका–९ असुरका अर्जुनदत्त भट्टको पनि गत वैशाखमा मृत्यु भएको थियो। सोही समयदेखि भाटको खोजी भइरहेको थियो। 

    प्रकाशित मिति :पौष १९ २०८२ शनिवार - २०:५३:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij