Logo

२०८२ चैत्र ८ गते आइतवार

२०८२ चैत्र ८ गते आइतवार

युवा उद्यमी सचिन ढकालले फिर्ता लिए समानुपातिक उम्मेदवारी

युवा उद्यमी सचिन ढकालले फिर्ता लिए समानुपातिक उम्मेदवारी


  • 1.1K
    Shares

    • images
    युवा उद्यमी सचिन ढकालले फिर्ता लिए समानुपातिक उम्मेदवारी

    काठमाडौँ । युवा उद्यमी सचिन ढकालले समानुपातिक उम्मेदवारको सूचीबाट आफ्नो नाम फिर्ता लिएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत ढकालले सो कुराको जानकारी दिएका हुन् ।

    ढकाललाई राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फको उम्मेदवारमा सिफारिस गरेको थियो । ढकालको नाम सिफारिस भएलगत्तै आलोचना भएको थियो ।

    उनले व्यक्तिगत कारणले उक्त सूचीबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेको जानकारी दिएका छन् ।  ढकालले भनेका छन् : ‘नेपालको संविधानले व्यवस्था गरेको समानुपातिक निर्वाचन प्रणालीको मर्म र मान्यताको सम्मान गर्दै यस पटक व्यक्तिगत कारणवश उक्त सूचीबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेको जानकारी  गराउँछु ।’ 

    एफसी चितवनका अध्यक्ष समेत रहेका ढकालले समानुपातिक निर्वाचनको सूचीमा नाम समावेश गरेकोमा पार्टी नेतृत्वप्रति हार्दिक आभार समेत व्यक्त गरेका छन् । सचिन उद्योगपति चन्द्र ढकालका छोरा हुन् ।

    प्रकाशित मिति :पौष १९ २०८२ शनिवार - ११:५३:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij