Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

वैशाख अन्तिममा महाधिवेशन गर्न कार्यवाहक सभापति खड्काको प्रस्ताव

वैशाख अन्तिममा महाधिवेशन गर्न कार्यवाहक सभापति खड्काको प्रस्ताव


  • 1.4K
    Shares

    वैशाख अन्तिममा महाधिवेशन गर्न कार्यवाहक सभापति खड्काको प्रस्ताव

    काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आगामी वैशाखमा (२०८३ को वैशाख) पार्टीको महाधिवेशन गर्न प्रस्ताव गरेका छन् । खड्काले २०८३ वैशाख २८, २९, ३० र ३१ गते काठमाडौंमा महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् ।

    सानेपामा जारी केन्द्रीय सम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नयाँ मिति प्रस्ताव गरेको नेता विमलेन्द्र निधिले जानकारी दिएका  छन् ।

    यसअघि मंसिर १५ गतेको केन्द्रीय समितिको बैठकले पुस २६-२८ गते महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर उक्त निर्णयअनुसारको महाधिवेशन तालिका प्रभावित भइसकेपछि अहिले पुनस् नियमित महाधिवेशनको नयाँ मिति प्रस्ताव गरिएको छ ।

    महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा भने ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेअनुसार विशेष महाधिवेशन पुसभित्रै गर्नुपर्ने अडानमा रहेका छन् ।

    बिहीबार साँझ दुई महामन्त्रीले संयुक्त वक्तव्य जारी गरेर विशेष महाधिवेशनको विकल्प नभएको बताएपछि कार्यवाहक सभापति खड्काले कार्यसम्पादन समितिको बैठक बोलाएका थिए ।

    congress-madhibesan-1767353587.jpg

    प्रकाशित मिति :पौष १८ २०८२ शुक्रवार - १७:२८:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij